‘ह्यापि न्यू इयर’बाट साहरुख र ऐश्वर्याबीचको सम्बन्धमा सुधार



ऐश्वर्या र शाहरुख खानको जोडी निकै पपुलर बनायो ‘देवदास’ ले। ‘मोहबतें’मा यिनको जोडी निकै मनपराइयो भने ‘जोश’ मा दाजुबहिनीको रुपमा पनि दर्शकले यिनीहरुलाई मन पराए। तर ती फिल्म पछि यी दुईलाई न पर्दामा एकसाथ देख्न पाइयो न त पर्दा बाहिर। शाहरुख खानको प्रोडक्शनमा बनेको फिल्म ‘चल्ते चल्ते’ को सेटमा भएको तमासाका कारण शाहरुख र ऐश्वर्याबीचको सम्बन्ध सुधि्रन सकेन। त्यो समयमा सलमान खान, ऐश्वर्याका प्रेमी थिए। सुटिङ्ग स्थलमा गएर सलमानले दिनहुँजसो समस्या खडा गरेका कारण शाहरुखले ऐश्वर्यालाई झिकेर उनको रोलमा रानी मुखर्जीलाई राखेका थिए। त्यसपश्चात ऐश्वर्या र शाहरुखबीचको सम्बन्ध चिसोको चिसो नै रह्यो।
तर अब यो चिसिएको सम्बन्धलाई सुधार्नै कोसिसमा लागेकी छिन् निर्देशक फराह खान। आफ्नो आगामी फिल्म ‘ह्यापी न्यु इयर’मा एघार वर्षअघिको सुपरहिट ‘देवदास’ जोडी ऐश्वर्या र शाहरुखलाई पर्दामा उतार्ने कोसिसमा छिन् फराह। ‘ह्यापी न्यु इयर’को सुटिङको लागि दुबइमा एक रिसोर्ट बुक गरिकिएको र आउँदा अगष्टबाट सुटिङ्ग सुरु हुने बताइन्छ। फिल्ममा अभिशेष बच्चन पनि रहने एजेन्सीले जनायो। यो फिल्म ऐश्वर्या र शाहरुखको लागि मात्र नभएर फराह र शाहरुखको लागि पनि महत्वपूर्ण मानिन्छ। ‘तीस मार खान’मा शाहरुखले अभिनय गर्न नमानेपछि अक्षयलाई राखेकी थिइन् फराहले। त्यो समयको विवादले शाहरुख र फराहबीचको सम्बन्ध पनि चिसिएको थियो। त्यसैले यो फिल्म शाहरुख र फराहको सम्बन्ध सुधि्रएको प्रमाण पनि बन्ने छ। यदि ऐश्वर्याले फराहको अफर स्वीकारिन् भने छोरी जन्मिएपछि छुट्टिमा बसेकी ऐश्वर्याको लागि ‘ह्यापि न्यू इयर’ कमब्याक फिल्म हुनेछ। फिल्ममा ‘लिड मेल′ कलाकारहरुको लगभग टुंगो लागिसकेको अवस्थामा ‘लिड फिमेल′ कलाकारमा ऐश्वर्याको निर्णयलाई महत्वपूर्ण मानिन्छ। फिल्ममा शाहरुख खान, अभिशेष बच्चन, बोमन इरानी र साउथ नायक पृथ्वीराज लिड रोलमा रहने बताइन्छ। शाहरुख हाल रोहित सेठ्ठीको चेन्नइ एक्स्प्रेस र छैठौं आइपीएलमा व्यस्त छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.