जानकी पन्तको जीत



सेलिब्रेटी नेपाल २७ चैत्र-गीतकार तथा संगीतकार जानकी पन्तको एल्बम जीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा शम्भुजित बाँस्कोटा,सुरेश अधिकारी, गीतकार बुलु मुकारुङ, योगेन्द्रमणि दाहाललगायतले एल्बमको सामूहिक विमोचन गरे ।
कार्यक्रममा रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले एल्बमका गीतहरू कर्णप्रिय भएकाले श्रोतामाझ छोटो अवधिमै लोकप्रिय हुने अनुमान बताए । उनले भने,‘गीतका शब्द पनि मन छुने छन् ।’
रोकिन लाग्यो, बोल्न केही, नलगाऊ नलगाऊ, अनायासै, मायाकै पीडा, यो एउटै ज्यानका बोलका गीतहरू एल्बममा समावेश छ । जसमा स्वरूपराज आचार्य, सत्यराज आचार्य, निशा देशार, संगम पन्त, रूपक डोटेल, सन्तोष लामा र स्वयं जानकीकै स्वर छ ।