‘हामीले भन्ने कथावस्तुलाई दर्शकले बुझ्ने भाषा मार्फत हलसम्म पुर्याउनु पर्छ’ प्रकाश झा


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रकाश झाले डकुमेन्ट्री मेकरको रुपमा सन् १९७५ मा डेब्यु गरे । उनको पहिलो डकुमेन्ट्री सेन्सर भएको डेट त्यहि हो । बिहारमा हुर्किएका झा बलिउडका राम्रा निर्देशकमा पर्छन् । उनले निर्देशन गर्ने फिल्म र त्यसमा उठाइने इस्युले एक वर्गको दर्शकलाई आफ्नो फ्यान बनाएका छन् । नेपाल ( भारत बोर्डर नजिक हुर्किएका झा यतिबेला नेपालमा छन् । बोर्डर छेउमा हुर्किए पनि उनले काठमान्डौ आउने मौका भने बल्ल पाएका छन् । नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभलको तेस्रो संस्करणमा फिचर फिल्म तर्फको जुरी हेड समेत रहेका झा झन्डै एकसाता नेपाल बस्नेछन् ।

यहि बसाइको क्रममा उनले आफ्नो फिल्म यात्राको केहि अनुभव साटेका छन् । पत्रकारसँगै डकुमेन्ट्री मेकर रहेका सेखर खरेलले सहजीकरण गरेको सेसनमा प्रकाश झाको कुरा सुन्न हलमा भरिभराउ थिए । फिल्मकर्मी र मिडियाकर्मीको उपस्थितिमा चलेको छलफलमा झाले दर्शकले बुझ्ने भाषामा फिल्म बनाउन आग्रह गरेका छन् । ’हामीले भन्ने कथावस्तुलाई दर्शकले बुझ्ने भाषा मार्फत हलसम्म पुर्याउनु पर्छ’ उनले भने । उनले आफ्नै फिल्म ’दामुल’ को एक किस्सा शेयर गर्दै व्यावसायिक जोखिम कम गर्दै कलात्मक फिल्म बनाउन आग्रह गरेका छन् । नेशनल अवार्ड समेत जितिसकेका प्रकाशलाई घरमै काम गर्ने ललिता बाइले ’अर्को पटक फिल्म बनाउनु’ भनेपछि उनले आर्टलाई कमर्सियल भ्यालुसँग मिक्स गरेको बताए । ’फिल्म भनेको व्यवसाय हो त्यसैले हलसम्म आउने दर्शक तपाइको कामबाट सन्तुष्ट हुनुपर्छ’ झाले भने ,’हामीले कलात्मक अभिव्यक्तिको लागि फिल्म बनाउने गरेका छौ भन्छौ भने हामी झुट बोलिरहेका छौ ।’

उनले व्यसायिक फिल्म बनाउनु गलत नभएको बताए । आफैले निर्माण गरेको एक फिल्मलाई व्यावसायिक असुरक्षाका कारण हलसम्म लान नसकेको बताउदै आफ्नो सन्तुष्टिको निमित मट्टू कि साइकल र परिक्षा जस्तो सानो बजेटको फिल्म बनाउने गरेको बताए । ’मैले सुरुवाती दिनमा बनाएका फिल्महरु दामुल , परिणति , मत्युदण्डले वाहवाही त पाए तर केहिमा लगानी उठाउन नै समस्या पर्यो’ उनले भने ,’म जबसम्म आर्थिक रुपमा मजबुत हुदिन , मैले भन्न चाहेको कथालाइ फिल्मको रुप दिन सक्दिन ।’ उनले दामुलको लगानीलाई नेशनल टिभी दुरदर्शनमा गरिएको प्रिमियर मार्फत सुरक्षित गरेको समेत जनाए । बलिउडमा अमिताभ बच्चन , अजय देवगन , ओम पुरी , नाना पाटेकर , करीना कपूर खान , सिफ अलि खान , रणवीर कपूर , दीपिका पादुकोण , कट्रिना कैफ , प्रियंका चोपडा, अर्जुन रामपाल जस्ता स्टारसँग काम गरिसकेका निर्देशक झाले कन्टेननै ग्लोबल स्टार रहेको बताए । उनले स्टार कास्टलाई कसरि फिल्ममा लिने भन्नेमा भन्दा कन्टेनलाई कसरि ग्लोबल बनाउने भन्नेमा दिमाग खियाउन निर्माता तथा निर्देशकलाई सुझाए ।

’हामीले ग्लोबल कन्टेन नल्याउदासम्म ग्लोबल दर्शक पाउन सक्दैनौ , त्यसैले मेहनत स्टारमा हैन कन्टेनमा गर्नुस’ उनले सुझाव दिए । उनले आफ्नो फिल्मी करियरमा बढी मात्रामा राजनीतिक विषयवस्तुलाई उठान गरेका छन् । विशेषत विवाहको विधमान समस्यालाई बलिउडको फिल्म मार्फत आम दर्शक माँझ पुर्याएका निर्देशक झाले राजनीतिक मुदामा बहस गर्न फिल्म नबनाएको बताए । ’मैले फिल्म मार्फत कथा भनेको हुँ , कुनै बहस अगाडी ल्याएको हैन’ उनले भने ,’तर दर्शकलाइ त्यस्तो लाग्छ भने ठिकै छ ।’ सामाजिक विषयवस्तुलाई पर्दामा ल्याउन रुचाउने निर्देशक झाले आफुलाई सदाव सरकार विपक्षीको रुपमा लिएका छन् । भारतको लोकसभा निर्वाचनमा समेत सहभागिता जनाएका झाले सिस्टम विरुद्धको केहि आक्रोश फिल्म मार्फत नै ल्याएको समेत घुमाउरो शैलीमा स्वीकारे । ’सायद , मैले नेता बनेर गर्न चाहेको केहि तथ्यलाइ फिल्म मार्फत भनेको हुन् सक्छु’ उनले एक जिज्ञाषामा घुमाउरो जफाव दिए । यद्दपी उनले सरकारको विपक्षी भएकै कारण आफु राष्ट्रिय पुरस्कारबाट बन्चित हुने गरेकोमा दुस्ख व्यक्त गरे । ’नेशनल अवार्ड त प्रतिष्पर्धा भएको कारण पाए तर सरकारले दिने अन्य पदवी अझै पाएको छैन , किनकी म विपक्षीको भूमिकामा हुने गरेको छु’ उनले भने । पछिल्लो समय एक वेब सिरिजको छायाँकन सकेका झाले आउँदो एक रदुइ वर्ष भित्रमा ’जनादेश’ नामक फिल्म दर्शकसामु ल्याउने समेत बताए । उनले केहि सहभागीको जिज्ञाषा समेत मेटाएका थिए । निफको चौथो दिन आइतवार अभिनेता राजेश हमालले आफ्नो फिल्मी यात्राको अनुभव साट्नेछन् । उनको क्लास राष्ट्रिय सभा गृहमा १ बजे चल्नेछ ।