अन्तररास्ट्रिय फिल्म फेस्टिभल (निफ)को औपचारिक उद्घाटन


सेलिब्रेटी नेपाल

काठमाडौं: बलिउड निर्देशक प्रकाश झाले फिल्म फेस्टिभल कलाको उत्सव भएकाृ बताउँदै आफू नेपालमा संसारका विभिन्न देशका संस्कृति सिनेमामार्फत् हेर्ने उत्सुक रहेको बताएका छन् । बिहीबार राष्टिय सभा गृहमा सुरु भएको नेपाल अन्तररास्ट्रिय फिल्म फेस्टिभल (निफ)को औपचारिक उद्घाटनमा बोल्दै झाले यस्तो धारणा राखेका हुन् । स्वदेशी तथा विदेशी फिल्मको फिचर विधाका मुख्य निर्णायकको जिम्मेवारी निर्वाह गर्न नेपाल आएका उनले फेस्टिभलका दौरान विदेशीसँगै नेपाली भाषाका पनि उत्कृष्ट फिल्म हेर्न पाउने अपेक्षा व्यक्त गरे । ४० वर्षदेखि सिनेमामा काम गरिरहेको बताउँदै उनले हरेक दिन इन्जोए गरिरहेको बताएका थिए र्। ४० वर्षदेखि सिनेमामा काम गरिरहेको छु तर कुनै दिन यस्तो छैन जहाँ मैले यो काममा इन्जोए नगरेको हुँ,’ झाले भने । उनले आफू नेपालको बोर्डरमा जन्मिएको बताउँदै नेपाल दोस्रो घर जस्तै लाग्ने गरेको बताए र्। म बिहारमा जन्मिएको हुँ जहाँ नेपालको बोर्डर पथ्र्यो । हामी त के हाम्रा गाइबस्तु पनि चर्नलाई नेपाल जान्थे । यसरी नेपालसँगको नाता गहिरो भएपनि काठमाडौं आएको भने पहिलो पटक हो । सिनेमाका कारणले आउन पाउँदा दोब्बर खुशी लागेको छ,’ झाले भने ।

त्यसअघि पानसमा बत्ति बालेर समारोहको उद्घाटन गर्दै सभामुख अग्नि सापकोटाले सिनेमा साँस्कृतिक पहिचानको मुख्य माध्यम भएको बताएका थिए । उनले फेस्टिभल जीवन्त र सजिव अन्तक्र्रिया हुने थलो भएको बताउँदै महोत्सवले गुणस्तीय फिल्म निर्माणमा नेपाली फिल्ममेकरलाई प्रेरित गर्ने बताएका थिए ।
बिहीबार सुरु भएको फेस्टिभल ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाममा चल्नेछ । फेस्टिभलमा सहभागिताका लागि ४० देशका फिल्मकर्मी नेपाल आइपुगेको अध्यक्ष केपी पाठकले बताए । उनले नेपालमा फिल्म संस्कृतिको निर्माण गर्ने उद्देश्यले फेस्टिभल सुरु गरेको जनाउँदै महोत्सवको नयाँ संस्करणमा देखाइने फिल्म तथा छलफलले नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउन ठोस योगदान गर्न सक्ने धारणा राखेका थिए ।
“ हामीले फिल्मसँगै छलफलका लागि पनि अन्र्तराष्ट्रिय व्यक्तित्व बोलाएका छौं । यो ५ दिनमा सिनेमाको भविष्यसँगै डिजिटल प्लेटफर्ममा नेपालको प्रवेशका सम्भावित बाटाका बारेमा पनि छलफल हुनेछ । वैकल्पिक बजारको आवश्यकता रहेको नेपाल जस्तो देशका लागि यो छलफल उपयोगी हुन्छ भन्ने विश्वास छ,’ पाठकले भने ।

कार्यक्रममा छोटो मन्तव्य राख्दै वरिष्ठ फिल्मकर्मी नीर शाहले संसारभरका फिल्मलाई सिनेमाबाटै खतरा रहेको बताएका थिए । उनको भनाइ थियो, “ सिनेमाका नाममा बनेका सिनेमा नलाग्ने फिल्मबाट नै वास्तविक सिनेमालाई खतरा छ । त्यस्ता नन एक्सप्रेसिभ सिनेमालाई एक्लै लडेर जित्न सकिन्न । सामूहिक रुपमा लड्नु पर्छ र महोत्सव यसरी लड्ने प्लेटफर्म हुन सक्छ ।’ उद्घाटनको अवसरमा चाइनीज फिल्म कम्पोजर देखाइएको थियो ।
महोत्सवको दोस्रो दिन डिजिटल फिल्म सम्बन्धी वर्कसपसँगै विभिन्न फिल्म प्रदर्शन हुनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.