वेम्बलीमा हुने नेपथ्य समूहको कन्सर्टको वेबसाइटमार्फत टिकट बिक्री शुरू


(सेलिब्रेटी नेपाल) २४ चैत्र -१२ हजार ५०० दर्शक क्षमताको विश्व प्रसिद्ध स्टेडियम वेम्बलीको आधिकारिक वेबसाइट www.wembleyarena.com का अनुसार १९ साउन २०७० मा हुने नेपथ्य समूहको कन्सर्टको वेबसाइटमार्फत टिकटसमेत बिक्री शुरू भइसकेको छ। नेपथ्यलाई बेलायतमा प्रत्यक्ष हेर्न चाहने दर्शकले २८.२५ पाउण्ड अर्थात् रु.३७०० तिर्नुपर्नेछ।

अमृत गुरुङको स्वरका चर्चित नेपाली गीतहरू यसै स्टेडियमबाट विश्वसामु गुञ्जने छन्। यसअघि भारत, अमेरिका, नेदरल्याण्ड, हङकङ, कोरियालगायतका देशमा नेपथ्य प्रस्तुत भइसकेको भए पनि बेलायतको यो कन्सर्ट फरक हुनेछ। विश्वभरका कलाकारहरूको सपना रहेको वेम्बली एरेनामा प्रस्तुत भएपछि नेपथ्यको अन्तर्राष्ट्रिय छवि बढ्नेछ।

वेम्बलीको अनलाइनमा नेपथ्यलाई ऐतिहासिक हिमालयन लोक तथा पप ब्याण्डको रूपमा चित्रित गरिएको छ। २२ वर्षदेखि नेपाली लोक पपको क्षेत्रमा नयाँ ट्रेण्ड सेट गर्दै नेपथ्य समूह सामाजिक सेवामा समेत अग्रसर रहँदै आएको अनलाइनमा उल्लेख छ http://www.wembleyarena.co.uk/events/detail/napathya। यसबारे नेपथ्य समूह र उसको प्रवर्द्धक संस्था नेपालयले आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

सन् १९३४ मा स्थापना भएको वेम्बलीको मञ्चमा सांगीतिक प्रस्तुति दिने नेपथ्य नेपालको पहिलो ब्याण्ड हुनेछ। जुन मञ्चमा माइकल ज्याक्सन, बब डेलन, म्याडोना, ब्रिट्नी स्पेयर्स, साकिरा, ट्वेलर सिफ्ट, जस्टिन बेबर लगायतका एक से एक विश्व प्रसिद्ध नयाँ पुराना गायकहरू प्रस्तुत भइसकेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.