सहकारीको ऋण तिर्न नसक्ने अवस्थामा रामकृष्ण ढकाल



(सेलिब्रेटी नेपाल) २४ चैत्र नेपालका कलाकारहरू पछिल्लो समय आर्थिक मन्दीले धराशायी हुन थालेका छन्। गीत―संगीत चले पनि आर्थिक उपार्जन हुनेगरी नविक्ने कारणले उनीहरूका आम्दानीका स्रोत सीमित हुन थालेका हुन्। स्टेज शो बाहेकबाट आम्दानी हुन छाडेको छ। स्टेज शोमा पनि जो सस्तो कलाकार भेटिन्छ उसैलाई लैजाने गर्दै आएका छन् आयोजक कमिटीले। यस्तै आर्थिक मन्दीका कारण चर्चित गायक रामकृष्ण ढकाल पनि फस्ने स्थितिमा पुगेको समाचार छ ।
आर्थिक उपार्जन नै गतिलो हुन छाडेपछि वित्तीय संस्थाले ढकाललाई कालोसूचीमा राख्ने तयारीमा पुगेको बताइन्छ। घर बनाउन ऋण लिएका कारण डुबेका यम बरालको घरमात्रै सकिएन, परिवार समेत भाँडियो। र अमेरिकातिर हान्निएका थिए।
दुई हप्ता पहिला एक दैनिकमा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बहुचर्चित युवा गायक ढकालको नाम ऋण नतिर्ने व्यक्तिका रुपमा सार्वजनिक भएको छ। र तत्काल ऋण तिर्न आउन पनि सूचना जारी भएको छ। उक्त संस्थाबाट गायक ढकालले करिब २ करोड रुपैयाँ ऋण लिएको बताइएको छ। श्रीमती निलम ढकालका नाममा उक्त ऋण लिएको पनि उक्त सूचनामा उल्लेख छ। कुनै बेलाका प्रसिद्ध गायक ढकालले गायनबाट नै थुप्रै पैसा कमाएका थिए। र नेपालमा गायनबाट धेरै पैसा कमाउने गायकका रुपमा पनि चिनिएका थिए। तर, समयक्रममा विस्तारै उनका गीत चल्न छोडे र प्रविधिको विकाससँगै गीति अल्बम विक्री हुन पनि छोड्यो। त्यसैगरी उनको स्टेज शो पनि मंहगो हुन थालेपछि आयोजकको छनौटमा कम पर्न थाले। सोही कारण अहिले उनी सहकारीको ऋण तिर्न पनि नसक्ने अवस्थामा पुगेका छन् ।

रामकृष्ण को प्रोफाइल हेर्न यहाँ  क्लिक गर्नुस 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.