अस्ट्रेलियामा एलिशा र सुशान्तको धमाका


सेलिब्रेटी नेपाल

काठमाडौँ:अस्ट्रेलियामा बिगत ३ बर्ष देखि निरन्तर हुँदै आएको ‘रगडेल होली मेला’ यस पटक पनि आयोजना हुने भएको छ । नेपाली कला संगै संस्कृति लाई पनि उत्थान र प्रोत्शाहन हुने अभिप्रायले आयोजना गरिएको यस मेलामा यो पटक डान्सर तथा मोडल एलिशा शर्मा र गायक सुशान्त केसीले स्टेज तताउने भएका छन्। कार्यक्रमका म्यानेजर बिक्रम गुरुङ्गका अनुसार रगडेल ब्वायज र कमेरो इभेन्ट्सले अस्ट्रेलियाको सिड्नीमा मार्च ७ का दिन भब्य कार्यक्रम गर्ने छ । गुरुङ्गले दिएको जानकारी अनुसार यो पटक एलिसा र सुशान्त संगै गायक बिक्की गुरुङ र कार्यक्रम प्रस्तोताको रूपमा ओशिन सिटौला रहनेछन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.