साघुँरो कोठामा कुण्ठित सेक्स


(सेलिब्रेटी नेपाल) २३ चैत्र-एउटा साघुँरो कोठाभित्र कुण्ठित रहने सेक्सको बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘साघुँरो’ बैशाख १३ बाट प्रदर्शनमा आउन लागेको छ । दमित अवस्थामा राखिएको आकांक्षाले आकार लिन खोज्दा व्यक्तिको चरित्र र मनोदशामा पर्ने द्वन्द्व र मनोदशालाई चलचित्रले उठान गर्न खोजेको छ । चलचित्रमा सुशांक मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई, रवी गिरी लगायतका कलाकारको अभिनय रहेको छ । बिनोद पौडेलको कथा तथा पटकथा रहेको यो चलचित्रलाई जोएश पाण्डेले निर्देशन गरेका हुन् । समिर मैनालीको निर्माणमा तयार भएको चलचित्रमा सुशान्त प्रजापतीको छायांकन, अजय खड्काको सम्पादन रहेको छ ।काठमाण्डौ फराकिलो सडकको दृष्यबाट सुरु हुने यो चलचत्रिको कथा एउटा सानो कोठामा भौतिक र मानसिक द्वन्द्वले निम्त्याएका परिणाममा पुगेर सकिने निर्माणपक्षले बताएको छ । अब साँघुरो कति फराकिलो हुन्छ त्यो थाहा पुन केहि हप्ता कुर्नु पर्ने छ ।