विराजको ‘साङ्लो’र विपिनको ‘सेल्फी किङ’ प्रदर्शनमा


सेलिब्रेटी नेपाल

काठमाडौँ:फ्राइडे रिलिज अन्तरगत आज शुक्रबार बाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । विराज भट्ट स्टारर एक्सन चलचित्र ‘साङ्लो’र विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ प्रदर्शनमा आएका छन् । यी दुई चलचित्रले सुस्ताएको नेपाली चलचित्रको बजारलाई विस्तार गर्ने धेरैले बिश्वास लिएका छन् । दुवै चलचित्रको गीत संगीत र ट्रेलरको कारण चलचित्रले हाइप बनाएको छ ।

चलचित्र ‘साङ्लो’ मा विराजसँगै मिस नेपाल निकिता चाण्डक, जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ । शिवम अधिकारीको लेखनमा निर्मित चलचित्रमा सुरेश अधिकारी,राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको द्वन्द, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । चलचित्रलाई विराज भट्टले नै निर्देशन गरेका हुन् ।

दिनेश राउत र शुभाष थापाले निर्माण गरेको चलचित्र ‘सेल्फी किङ’ मा विपिन कार्की संगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । चलचित्रमा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् । । चलचित्रको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनि यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दैछन् ।