सिड्नीमा गुन्जने भए रामकृष्ण ढकाल


सेलिब्रेटी नेपाली

नेपाली सुगम गीत संगीतका उत्कृष्ट सर्जक हुन् रामकृष्ण ढकाल । कालजयी नेपाली गीत संगीतका यी गायक अब सिड्नीमा रहेका नेपालीहरू माझ गुन्जने भएका छन । बिगत तिन दशकदेखी निरन्तर रूपमा गीत संगीत क्षेत्रमा लागि परेका ढकाल मार्च ६ तारेख शुक्रबारको दिन सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फेशन सेन्टरमा गुन्जने भएका हुन ।

लाईभ ब्याण्ड सहित रामकृष्णले त्यो दिन बिहान उठ्ने बित्तीकै हिमाल,ओराली लागेको, माया गर्नेको चोखो माया, बचन तोडे कसम नै तोडे, हिरा काट्ने हिरैमा राखेर र बांचुन्जेलीलाई लगायतका डेढ दर्जन उत्कृष्ट गीत संगीत प्रस्तुत गर्नेछन । ढकाल अहिले नेपालमा उत्कृष्ट आवाज खोज्ने कार्यक्रम वाई वाई नेपाल स्टारका निर्णायक हुन ।

सुप्रसिद्ध भारतीय गायिका लता मंगेश्वर र आशा भोसलेसंग गीत गाउने अबसर पाएका ढकालजस्ता स्रष्टाको गीत प्रत्यक्ष रूपमा सुन्न पाउनुलाई सिड्नीमा रहेकानेपालीहरूले राम्रो अबसरको रूपमा लिएका छन् । ढकाल पनि सिड्नीमा रहेका नेपालीहरू माझ आफ्नो एकल प्रस्तुति दिन पाउनुलाई ऐतिहासिक अबसरको रूपमा लिएको बताउंछन -‘ म सिड्नीमा मेरा प्रशंसक र नेपाली गीत संगीतप्रेमीहरूलाई भेट्न आतुर छु -‘ रामकृष्णले भने । रामलाई गायनमा सिड्नीमा रहेका गायक रमण रेग्मी र गायिका सुजाता उपाध्यायले साथ दिने भएका छन ।

रामकृष्ण ढकाल साँझ विथ लाईभ ब्याण्ड नाम राखिएको यो कार्यक्रमलाई कंगारू ऐजुकेसन फाउन्डेसन एजुकेशन एण्ड भिसा सर्भिसेसले गरेको हो -‘ रामकृष्ण जस्ता गायन क्षेत्रका हस्तीसंग जोडिन पाएकोमा हाम्रो संस्था यतिबेला खुशी छ ‘ कंगारू एजुकेसनका प्रमुख महेशबाबु तिमल्सिनाको भनाई छ ।
तस्विर: रामकृष्ण ढकालको फेसबुकबाट