रजनीकान्तको फिल्म लगातार फ्लप,वितरकद्वारा क्षतिपूर्ति माग


सेलिब्रेटी नेपाल

एजेन्सी: तमिल अभिनेता रजनीकान्तको पछिल्लो रिलिज वक्सअफिसमा फ्लप भएको खुलासा भएको छ। सिनेमा फ्लप भएर घाटामा गएपछि एआर मुर्गादोषको निर्देशनमा बनेको सिनेमाका वितरकहरुले क्षतिपूर्तिका लागि ७० वर्षीय रजनीकान्त ढोका ढक्ढकाउने भएका छन्।

उनीहरुले रजनीकान्तलाई उनकै निवासमा भेट्ने बताइएको छ। उनीहरुले रजनीकान्तले समस्या बुझेर आफूहरूलाई क्षतिपूर्ति दिने आशा राखेका छन्। यसअघि रजनीकान्तले ‘लिङ्गा’ नामक सिनेमा फ्लप भएपछि वितरकहरुलाई रकम फिर्ता दिएका थिए।

वितरकहरूले सिनेमा निर्माण कम्पनी लाइका प्रोडक्सनले कुनै चासो नदिएपछि रजनीकान्तलाई भेट्ने निर्णय गरेका हुन्। रजनीकान्तको सो सिनेमाको लागत दुई समय करोड भारूमा तयार भएको हो जसमा रजनीकान्त एक्लैलाई पारिश्रमिक बापत एक सय आठ करोड भारू दिइएको थियो। सिनेमाले विश्वव्यापी रुपमा २५० करोड भारू कमाएको बताइन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.