‘चलचित्र बुझेकै व्यक्ति बोर्ड अध्यक्ष बन्छ’ सांसद ओली


सेलिब्रेटी नेपाल

दाङ: हाल रिक्त नेपाल चलचित्र विकास बोर्ड अध्यक्षको बागडोर अब कसले सम्हाल्नेछ,अहिलेको राष्ट्रिय बहसको विषय बनेकै बेला कलाकार एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले बोर्डमा आउनका लागी धेरैले आकांक्षा देखाएपनी अध्यक्ष भने चलचित्र क्षेत्रलाई बुझेको तथा विकास बोर्डलाई हाक्न सक्ने व्यक्ति नै चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने दाबी गरेकी छिन्। सांसद ओलीले तुलसीपुरमा चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको विषेश साक्षात्कार कार्यक्रममा बोल्दै नेपाल सरकारले विकास बोर्ड अध्यक्ष छनोटको प्रक्रिया अगाडि बढाइसकेकाले अबको केहि दिनमै बोर्डले अध्यक्ष पाउने समेत बताइन्।

अहिले महानायक राजेश हमाल,नायक एवं निर्माता भुवन केसी,वरिष्ठ निर्देशक तथा हालका विकास बोर्ड सदस्य दयाराम दाहाल,निर्देशक केपी पाठक,कलाकार नवल खड्का लगाएतको नाम भावी अध्यक्षको लाइनमा रहेको चर्चा छ तर अलि बढी चर्चा चाहिँ दयाराम दाहालको नै रहेको छ,कतिपय चलचित्र कर्मीले त दाहाल नै भावी अध्यक्ष हुने सम्मको ठोकुवा गर्छन्।

चलचित्र पत्रकार संघ नेपाल,दाङका अध्यक्ष शिव पुनको अध्यक्षता भएको कार्यक्रममा कलाकार तथा सांसद कोमल ओलीले संसदबाट राष्ट्रिय चलचित्र नीति पास भयो भने कलाकार तथा चलचित्रकर्मीको हकहित एवं समग्र चलचित्र क्षेत्रको विकासका लागि थुप्रै काम गर्न सकिने कुरामा समेत जोड दिइन्। चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोष के.सी.ले गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.