स्वेता खड्काले गरिन् मायाज व्युटी पार्लरको उद्घाटन


सेलिब्रेटी नेपाल

काठमाडौँ : नायिका स्वेता खड्काले कलंकीमा अबस्थित मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको चौंथो शाखाको शुभारम्भ गरेकी छिन । सौन्दर्यबिद गिता गिरीले सञ्चालनमा ल्याएको पार्लरको चौथो शाखामा अभिनेत्री स्वेताले रिबन र केक काटेर शुभारम्भ गरेकी हुन् । बिगत दुई दशक भन्दा लामो समय देखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले कलंकीमा नयाँ पार्लर सञ्चालनमा ल्याएकी हुन् ।

गुणस्तर युक्त प्रबिधि, सेवामुलक र सम्पूर्ण सुबिधा सम्पन्न भएको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरमा जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन् । यसका साथै यस पार्लरमा अन्तराष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था गरिएको छ । ट्रेनिङ्गमा बिद्यार्थीहरुलाई ५०% सम्म छुट गरिएको छ भने काठमाडौँ बाहिरबाट आउने बिद्यार्थीहरुको लागि होस्टलको समेत ब्यबस्था गरिएको छ । मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले अल नेपाल ब्युटिसियन सेमिनार तथा ट्रेनिङ्गहरु समेत गर्दै आएको जानकारी मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकि अध्यक्ष गीता गिरिले गराएकी छिन ।