पचास बर्षको चलचित्र इतिहासमा पहिलो थ्री डी भिजिलान्ते रिलिज



(सेलिब्रेटी नेपाल) २३ चैत्र –२०६९ चैत्र २३ को शुत्रबार नेपाली चलचित्र उद्योगको लागि महत्वपुर्ण दिनको रुपमा रहनेछ । प्रविधिमा नयाँपन दिइरहेको नेपाली चलचित्रलेआजबाट पहिलो पटक थ्रिडी इफेक्टयुक्त चलचित्र हलमा रिलिज हुँदै छ । अहिलेसम्म टुडीमा सिमित नेपाली दर्शकहरुले चस्मा लगाएर देशका मेजर स्टेशनहरुमा ‘भिजिलान्ते’ लाई हेर्नेछन् । नेपालमा थ्रिडीलाई प्रवेश गराउने श्रेय निर्देशक दिपेन्द्र के. खनाललाई दिनुपर्ने हुन्छ । खनाल ‘भिजिलान्ते’ का निर्देशक र निर्माता दुवै हुन् । राजधानीका झण्डै एक दर्जन हलमा थ्रीडी भर्सनमा भिजिलान्ते रिलिज गर्ने तयारी गरियको थियो प्राबिधिक कारणले राजधानीका तीन मल्टिप्लेक्स हल क्यूएफएक्स सेन्ट्रल, कुमारी र एफक्यूबमा मात्र नेपालको पहिलो थ्रीडी चलचित्र ‘भिजिलान्ते’ रिलिज हुने भएको छ । हलको प्राबिधिक समस्याले गर्दा टुडीमा नै लगाउनु पर्ने बाध्यता आएको छ,’ निर्देशक खनालले भने- ‘यसबाट दर्शकमा पर्न गएको असुबिधा प्रति निर्माण युनिट क्षमायाचना माग्दछ ।’
सुवास थापा, प्रियंका कार्की, राज घिमिरे, मेनुका प्रधान, ए गुरुङ, दीपशिखा शाही र शंकर आचार्यको मुख्य भुमिका रहेको यो चलचित्रमा समाजमा विद्यमान कुरीति र दण्डहीनताको विषयलाई मनोवैज्ञानिक रूपमा देखाईयको छ । चलचित्रलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् भने लेखन शान बस्यानतको हो । चलचित्रका सम्पादक दीर्घ खड्का हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.