आकाश र पुजाको ‘मन परेसी’ शुभ मुहर्त


सेलिब्रेटी नेपाल

काठमाडौँ: आकाश श्रेष्ठ र पुजा शर्माको जोडी फेरी एक पटक पर्दामा आउने भएको छ । रुपेश थिङ तामाङको निर्देशनमा बन्ने चलचित्र ‘मन परेसी’ मार्फत यो जोडी पुन दर्शक माझ आउने भएको हो । चलचित्र ‘मन परेसी’ को आज श्री पन्चमीको अवसर पारेर शुभ मुहर्त गरिएको हो। रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्र प्रेम कथामा बन्ने बताईएको छ।

दिनेश शाही र चक्र पाख्रिन तामाङ निर्माता रहेको चलचित्रमा भुवन राज जोशी,कृष्ण परियार,ज्ञानु प्रसाद खनाल र प्रेम बहादुर घर्ति सह निर्मातामा रहेका छन् ।चलचित्रमा आकाश श्रेष्ठ, पुजा शर्मा,बुद्दि आकाश श्रेष्ठ र पुजा शर्मा,रबिन्द्र झा,शिशिर राणा,किरण श्रेष्ठ,मोनालिसा खतिवडा लगाएतका कलाकारको मुख्य भूमिका रहनेछ । अमृत थिङ तामाङ चलचित्रको कार्यकारी निर्मातामा रहेका छन् ।

चलचित्रमा सन्जोग राणाको पटकथा सम्बाद,राजु तामाङको द्वन्द,रामजी लामिछाने र रबिन शाहको कोरियोग्राफी,अर्जुन पोखरेल,पुरुषोत्तम न्यौपाने,श्री कृष्ण बर्देवाको संगीत रहनेछ। हरि घले लामाले खिच्ने चलचित्रको मुख्य सहायक निर्देशक नवराज शर्मा रहेका छन् । चलचित्रको छयांकन यसै साताबाट सुरु हुने कार्यक्रममा जानकारी दिइयो। रिच इन्टरटेन्टमेन्टले वितरण जिम्मा लिएको चलचित्र आगामी बर्ष २०७७ सालको तीजमा प्रदर्शन गर्ने लक्ष्य रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.