कालापत्थरमा फेशन शो सम्पन्न, बन्यो विश्व कीर्तिमान


सेलिब्रेटी नेपाल

काठमाडौँ: सगरमाथा (माउन्ट एभरेष्ट) क्षेत्रको कालापत्थरमा फेशन शो गरेर विश्व कीर्तिमान कायम गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार आइतबार सोलुखुम्बुको कालापत्थरमा ‘द माउन्ट एभरेष्ट फेशन रन वे’ भएकोमा यस शो ले सर्वाधिक उच्चस्थानमा गरिएको फेसन प्रदर्शनी (हाईएस्ट अल्टीट्युड फेसन रनवे) को कीर्तिमान कायम गरेको हो। यो कीर्तिमान गिनिज बुकमा समावेश भएको बताइएको छ।

‘काशा’ले भ्रमण वर्ष-२०२० लाई लक्षित गरी आयोजना गरेको कार्यक्रममा विभिन्न मुलुकका १४ मोडेलले सहभागिता जनाएका थिए।उनीहरु १४ दिनको पदयात्रा गरेर ५ हजार ६ सय ४३ मिटर उचाइँमा पुगेका थिए। उनीहरू जनवरी ३० तारिखमा काठमाडौँ आइपुग्ने बताइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.