‘छपाक’ को सफलतासँगै दीपिका हलिउड फिल्ममा


सेलिब्रेटी नेपाल

एजेन्सी: फिल्म ‘छपाक’ को सफलतासँगै दीपिका पादुकोणले नयाँ फिल्ममा काम गर्ने कुरा सार्बजनिक गरेकी छन् । दीपिका चाँडै नै हलिउडको फिल्म ‘द इन्टर्न’ मा देखिने छिन्। दीपिकाले भूमिका निर्वाह गर्ने फिल्ममा रोबर्ट डी नीरोको रोलमा ऋषि कपूर खेल्नेछन्।

ट्विटरमा सार्बजनिक गर्दै दीपिकाले लेखेकी छन्, ‘मेरो आगामी फिल्मको घोषणा गर्दा उत्साहित भएकी छु। ‘द इन्टर्न’ को इन्डियन अडैप्टेशन।’ यो फिल्ममा दीपिका पादुकोण, बोर्नर्स ब्रदर्स र अजुर एन्टरटेनमेन्टसँग मिलेर निर्माण गर्नेछन्। यो फिल्मको निर्देशक को हो खुलाइएको छैन।