दीपेन्द्रको निर्देशनमा बन्ने भो ‘२ नम्बरी’


सेलिब्रेटी नेपाल

काठमाडौं: यस वर्षको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘२ नम्बरी’ निर्माण हुने भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमका बीच यो चलचित्र निर्माणको घोषणा गरिएको हो। चलचित्रमा दयाहाङ राई, पल शाह, वर्षा राउत र बुद्धि तामाङको शिर्ष भूमिका रहनेछ। दुई मिल्ने साथीको कथामा बन्ने चलचित्रमा निर्देशक दीपेन्द्रकै कथा रहनेछ।

माघ अन्तिम साताबाट छायांकन सुरु हुने चलचित्रको अर्को वर्षको जनै पूर्णिमामा प्रदर्शन मिति तोकिएको छ। रेड वर्ड प्रोडक्सन र आरआएर फिल्म प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहने चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली छन्। अमलादेवी राई सह–निर्माता रहको चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन्।

‘२ नम्बरी’ मा दयाहाङ र वर्षासँग निर्देशक लामाको दोस्रो सहकार्य हुनेछ। दीपेन्द्रले आफ्नो डेब्यू चलचित्र ‘घामपानी’मा दयाहाङ र दोस्रो चलचित्र ‘गोपी’मा वर्षासँग काम गरेका थिए। पलको भने निर्देशक लामा र दयाहाङसँग पहिलो सहकार्य हुनेछ। त्यस्तै पल र वर्षाले ‘नाइ नभन्नू ल ४’ तथा दया र वर्षाले ‘जात्रै जात्रा’मा सँगै काम गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.