छोटे रक स्टारको दोस्रो एल्बम तयार


(सेलिब्रेटी नेपाल) २२ चैत्र-एरेन्जर तथा संगीतकार राहुल प्रधानका छोरा अमन प्रधान भर्खर बार्ह बर्षका भए । बाबुको गुण हो कि उनकै प्रतिभा भनु उनि भबिश्यमा  सफल गायक बन्ने सम्भावना देखिएको छ । उनले दुइ वर्ष अगाडी नै रक स्टार नामक एल्बम बजारमा ल्याई सकेका हुन् । अहिले उनको दोस्रो एल्बम पनि तयार भई सकेको छ । नयाँ वर्ष संगै उनको एल्बम बजारमा आउने छ । उनको नयाँ एल्बममा रहेका सबै जसो गीतमा संगीत उनका बाबु राहुल प्रधानको रहेको छ भने शब्द पोपी राज राईको रहेको छ । एउटा गीतमा शब्द तथा संगीत उदेश श्रेष्ठको रहेको छ । सानै उमेरमा राम्रो ख्याती र प्रसंशा पाई सकेका छन् । नौ बर्षको उमेरमा रास्ट्रिय गीतमा स्वर दिएर आफ्नो गायन यात्रा सुरु गरेका अमनले थुप्रै एडमा आवाज दिनुका साथै थुप्रै स्टेज कार्यक्रममा गीत गाई सकेका छन् ।उनको नयाँ एल्बममा आठ वटा गीत समाबेश छन् । ति मध्ये दुइ वटाको म्युजिक भिडियो बनाउने तयारी पनि भई सकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.