पार्कर दिनेशले अमेरिकामा बनाए चौथो विश्व कीर्तिमान


सेलिब्रेटी नेपाल

काठमाडौं : पार्कर खेलमा नेपालका दिनेश सुनारले चौथो पटक विश्व कीर्तिमान बनाएका छन्। ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि. को सहकार्यमा भिजिट नेपाल २०२० को सेरोफेरोमा अमेरिकाको भर्जिनियामा उनले कीर्तिमान कायम गरेका हुन्।

पार्कर खेलको छुट्टै विधा ‘द मोस्ट ब्याकवार्डस समर्सल्ट अन ट्रयाम्पोलाइन’ मा एक घण्टाको समयमा ४ सय ६० पटक ब्याक फ्लिप्स गर्दै सुनारले चौथोपटक पार्कर खेलमा विश्व कीर्तिमान कायम गरेका हुन्। गिनिजवल्ड रेकर्डले आज उनको चौथो कीर्तिमानलाई मान्यता दिएको हो।

यसअघि उनले पार्कर अन्तर्गत सन् २०१७ मा ट्विस्टिङ ब्याकफिल्पसमा एक मिनेटमा १८ पटक ट्विस्ट गर्दै पहिलो कीर्तिमान कायम गरेका थिए। यस्तै, उनले २०१८ मा ब्याकवार्ड समर्सल्टमा र २०१९ मा ट्विस्टिङ ब्याकफिल्पमा कीर्तिमान बनाएका थिए।

हाल अमेरिकामा रहेका दिनेश भन्छन ‘अमेरिका जस्तो शक्तिशाली देशमा आएर विश्वकीर्तिमान बनाएँ। आफनो देशको नाम राख्न पाउँदा एकदमै गौरव महशुस भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.