‘सेल्फी किङ’ स्याड भर्सनको गीत सार्बजनिक, आफन्त गुमाउदाको पिडामा विपिन


सेलिब्रेटी नेपाल

काठमाडौँ:माघ २४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘सेल्फी किङ’को स्याड भर्सन गीत सार्वजनिक गरिएको छ । ‘जिन्दगीको के छ र भर’ बोलको गीतमा आफ्नो मान्छे गुमाउदाको पिडाभाव झल्किन्छ ।

चल र अचल दृश्य समावेश गीतमा मुख्य कलाकार विपिन कार्की फिचर्ड छन् । एक हास्यकलाकारको तीन दिने यात्राको कथा भन्ने चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् ।

सुभाष भुसालले संगीत भरेको गीतमा केतन क्षेत्रीको स्वर छ । भने, सुरज गैरे ‘विवस’ले शब्द रचना गरेका छन् । सुभाष र केतनको पछिल्लो सहकार्यमा ‘लै लै’ बोलको गीत हिट भएको थियो ।

चलचित्रमा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको अभिनय छ ।

निर्देशक सापकोटाकै कथामा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ । दिनेश राउत र सुभाष थापा मिलेर ‘सेल्फी किङ’ निर्माण गरेका हुन् ।

सुभाष थापा प्रोडक्सन र पिक्चर फ्रेम फिल्म प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा प्रवल कोइराला र राजेश बिशुराल सह-निर्माताको रुपमा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.