भ्रष्टाचार, तस्करी र कालो बजारीका बिरुद्ध ‘कमाण्डर’


सेलिब्रेटी नेपाल

काठमाडौं: निर्देशक एलआर बिबेक सापकोटाको लेखन,निर्माण र निर्देशन रहेको चलचित्र ‘कमाण्डर’ ले मंगलबार राजधानीमा प्रेस भेटघाट कार्यक्रम आयोजना गर्यो । आउदो शुक्रबार अर्थात् १० माघदेखि देशब्यापी एकल प्रदर्शनमा आउन लागेकोचलचित्रमा एक्शन, लभ र सेन्टिमेन्टस् रहेको निर्देशक सापकोटाले बताएका छन् ।

‘‘कमाण्डर’ मा मनोरञ्जनका साथै देशप्रेमको सन्देश छ,’ प्रेसमिटमा निर्देशक सापकोटाले भने, ‘समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारी लगायतका सामाजिक बेथितिबिरुद्धको प्रतिनिधि आवाजलाई फिल्ममा प्रस्तुत गरेका छौ ।’ उनले फिल्म बिसुद्ध मनोरञ्जनको हेतुले निर्माण गरिएको भए तापनि समाजोपयोगी सन्देश समेत प्रस्तुत गरिएको बताए ।

निर्देशक सापकोटाकै लेखन रहेको चलचित्रमा अनुपबिक्रम शाही,रबिन तामाङ,साधना सिल्वाल,ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् । कार्यक्रममा अभिनेत्री साधनाले ‘कमाण्डर’ ‘फूल इन्टरटेन्मेन्ट’ फिल्म भएको बताइन् । पहिला केही म्युजीक भिडियोमा अभिनय गरेको भए पनि यो नै आफ्नो डेब्यु फिल्म भएकाले निकै आशावादी रहेको बताउदै उनले भनिन्, ‘पहिलो प्रयास सक्दो राम्रो गर्ने कोसिस गरेकी छु । आशा छ दर्शकले स्वीकारिदिनु हुनेछ ।’

त्यसैगरी, यही फिल्मबाट डेब्यु गरेकी नवअभिनेत्री सगुनले पनि आफू ‘कमाण्डर’ बाट निकै आशावादी रहेको सुनाइन् । उनले पहिलो चलचित्र भए तापनि सिनीयर कलाकार तथा निर्देशकसँग काम गर्न पाउदा धेरै कुरा सिक्ने अबसर पाएको बताउदै आफ्नो करिअरको अगाडि पाइला यही चलचित्रले तय गर्ने बिश्वास ब्यक्त गरिन् ।

कार्यक्रममा अभिनेता अनुपबिक्रम, भिलेन रबिन तामाङ भने उपस्थिति थिएनन् । कार्य ब्यस्तताका कारण आफूहरु उपस्थिति हुन नसकेको भए पनि उनीहरुले ‘कमाण्डर’ लाई शुभकामना ब्यक्त गरेको निर्देशक सापकोटाले बताए । आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रको सहनिर्मातामा सावन जंग राना छन् । सुपेरियर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र दिब्य सुवेदीले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.