सुशील र रुबिनाको प्रेम ‘लभ डायरिज’को ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाको प्रेम, रोमान्स र विछोड देखाइएको छ । ट्रेलरमा अभिनेता सुशीलले बोलेका संवादहरुलाई विशेष स्थान दिइएको छ ।

चलचित्रको ट्रेलर साहिल खानले काटेका हुन् । उनी चलचित्रका सह-निर्देशक समेत हुन् । केही दिनअघि ‘लभ डायरिज’ को ‘छम छम’ बोलको गीत सार्वजनिक भएको थियो ।

प्रेम दिवस अर्थात् फागुन २ गते बाट सार्बजनिक प्रदर्शन हुने चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई चलचित्रमा देख्न सकिने निर्देशक चौधरी बताउँछन् । चलचित्र मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई छ । यो चलचित्रमा विनोद सापकोटाको मुख्य लगानी रहेको छ ।

चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ। भने, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् । चलचित्रमा अभिनेता सुशीलले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाह गरेका छन् ।