फिलिपिन्समा सम्पन्न जुनियर ग्ल्याम इन्टरनेसनल २०२० को उपाधि क्षेत्रीलाइ


सेलिब्रेटी नेपाल

काठमाडौँ: जुनियर ग्ल्याम इन्टरनेसनल २०२०को उपाधि अरन्जल क्षेत्रीले प्राप्त गर्न सफल भएका छन् । त्यस्तै मिस लिटिल ग्ल्याम चार्म इन्टरनेसनल २०२० समिक्षा कार्की बनेकी छन् । यहि जनवरी ५बाट १२सम्म फिलिपिन्सको मनिलामा सम्पन्न प्रतियोगितामा १२देशका प्रतिष्पर्धीको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरेका क्षेत्री र कार्कीले नै उपाधि प्राप्त गर्न सफल भएका हुन् । उक्त कार्यक्रममा राष्ट्रियता झल्काउने पहिरनमा सजिएर नेपाली प्रतिनिधि पुगेका थिए ।

नेपालको प्रतिनिधित्व गराउन न्यु राइज इन्टरटेनमेन्टका सीइओ नवराज देउबाले प्रतियोगीलाइ फिलिपिन लैजाने व्यवस्था मिलाएका थिए । उनीहरुले उक्त कार्यक्रम मार्फत आफ्नो मात्र नभई देशकै नाम उच्च बनाएर फर्किएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.