‘लक्का जवान’को शिर्ष गीतमा दिलिप प्रियंकादेखि सलोन वर्षासम्म (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: हास्यकलाकार शिवहरि पौड्यालको निर्देशकीय डेब्यू चलचित्र ‘लक्का जवान’को शीर्ष गीत सार्वजनिक गरिएको छ। ‘मन त मेरो लक्का जवान’ बोलको लोकशैलीको गीतमा चलचित्रका अधिकांश कलाकारहरुको नृत्य हेर्न सकिन्छ।

प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौड्याल, सुशिल पोखरेल, सरोज खनाल, अञ्जु महर्जन लगायतले गीतमा नृत्य गरेका छन्।

डिपी खनालको शब्द, बाबुल गिरीको संगीत रहेको गीतमा संगीतकार बाबुलसँगै मिना निरौलाको स्वर सुन्न सकिन्छ। गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन्। ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’लाई ध्रुव वन्त र अनसुया वन्त श्रेष्ठले प्रस्तुत गरेका हुन्।

किरण केसी, दिलि रायमाझी र शिवहरि पौड्याल चलचित्रको कार्यकारी निर्माताका रुपमा रहेका छन्। चलचित्रको कथा, पटकथा तथा संवाद शिवहरि स्वयमको हो। पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्र सम्पादनको कार्यभार मित्र डि. गुरुङले सम्हालेका छन्।
चैत २१ गतेलाई यो चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.