रेखाको चलचित्रमा दयाहाङ र सौगात अनुबन्धित


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनय संगै चलचित्र निर्माणमा समेत सक्रिय रेखा थापाले निर्माण गर्न लागेको नयाँ चलचित्रमा अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल अनुबन्धित भएका छन्। रेखा फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्र नाम भने फाइनल हुन बाँकि रहेको छ । सबिर श्रेष्ठले निर्देशन गर्ने चलचित्रको पटकथा जगदिश्वर थापाले पटकथा लेखिरहेका छन् । ‘काली’ चलचित्र मार्फत निर्माणमा समेत हात हालेकी रेखाले हिम्मतवाली, रामप्यारी,मालिका,रुद्रपिया जस्ता चलचित्र निर्माण गरि सकेकी छिन् ।

चलचित्रमा नायक सरह प्रस्तुत हुने रेखाको नयाँ चलचित्रमा दयाहाङ र सौगात संग उनको जोडी कस्तो जम्ने छ त्यो त पछि नै थाहा हुनेछ। अर्को बर्षको लक्ष्मी पुजामा प्रदर्शन गर्ने लक्ष्य सहित चलचित्रको कार्य अघि बढी रहेको रेखाले जानकारी दिईन् । नारी प्रधान चलचित्र निर्माण गर्न माहिर थापाको यो चलचित्रको कथा बस्तु कस्तो रहने त्यो भने उनले खुलाउन चाहीनन् । छिट्टै नै अन्य प्राबिधिकहरु र नाम सार्बजनिक गरिने उनले बताईन् ।