गायक भट्टराईको सवारी दुर्घटनामा परी निधन


सेलिब्रेटी नेपाल

काठमाडौँ: वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ। सोमबार राति आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर गम्भीर घाईते भएका भट्टराईको उपचारका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा निधन भएको हो। दरबारमार्गमा आफैले संचालन गरेको बानथाई रेस्टुरेन्टबाट नियमित गायन सकेर निवास जडिबुटीतर्फ फर्कने क्रममा कार दुर्घटना भएको थियो।

संगीतकार मिलन मोक्तानले दुर्घटनामा गम्भीर घाईते भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिए पनि बिहान ४ बजे चिकित्सकले मृत घोषित गरेको जानकारी दिए।

गायिका लोचन भट्टराइका भाइ निशानले स्टेज, विभिन्न रेष्टुरेन्ट, पाँचतारे होटलमा आफ्नो गायकीको जादु छर्थे । उनी नेपाली संगीत क्षेत्रका चिरपरिचित नाम पनि हुन् ।

नेपालका वरिष्ठ संगितकार न्हू बज्राचार्यले नेपाल आइडलको पहिलो सिजनमा यिनै निशान भट्टराइको नाम लिएका थिए । मोरङ्गका निशान भट्टराइ अडिसनका लागि आउँदा उनले प्रश्न सोधका थिए, ‘निशान भट्टराइ भन्ने पहिले एकजना सिंगर याद छ ?’

गायक निशान सधैं ओझेलमा बस्न मन पराउँथे । निशानको गजलका फ्यान स्वर्गीय नारायण गोपाल र नातीकाजी समेत रहेका थिए ।

‘धेरै अगाडि उनी दरबारमार्गको अमर भन्ने गजल रेष्टुरेन्टमा गाउँथे’ वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले भने ‘सो समय म, नारायण गोपाल दाइ, नातीकाजी दाइ र विश्वम्भर प्याकुरेल समेत उनको गजल सुन्न जान्थ्यौँ ।’

निशानसँग आफ्नो धेरै पहिलेदेखि चिनजान भएको बताउँदै बास्कोटाले निशानलाई शालिन स्वभाव, कहिल्यै पनि नराम्रो बोल्न नजान्ने र सहयोगी व्यक्तिको रुपमा उनलाई चिनेको बताए । ५३ वर्षिय उनले खासगरी गजल गायकीमा पहिचान बनाएका थिए। उनको श्रीमती, एक छोरा र एक छोरी छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.