हिरोइन फेर्दै किङ खान शाहरुख



किङ खान शाहरुख अब आफ्नो हिरोइन् फेर्ने तरखरमा लागेका छन्। यसै सिलसिलामा उनको नजर नायिका परिणति चोपडामाथि परेको छ। प्रत्येक फिल्ममा प्रियंका चोपडा, कट्रिना कैफ तथा दीपिकाका साथमा मात्रै काम नगर्ने भन्दै उनले अब आफूभन्दा आधा उमेरले कान्छी नायिका परिणतिसँग काम गर्ने इच्छा व्यक्त गरेको एजेन्सीले जनाएको छ।पछिल्लो समयको खबरअनुसार शाहरुख परिणतिलाई सम्पर्क गरिरहेका छन्। तर कुन फिल्म र प्रोजेक्टका लागि हो भन्ने चाहिँ निर्मातासँग कुराकानी भइरहेको बताइएको छ।
यी सबै कार्य हुनुको पछाडि शाहरुखले आफ्नो आगामी फिल्ममा परिणतिलाई हिरोइन बनाउनु नै मुख्य कारण हो।बलिउडमा अहिले परिणतिलाई राम्रो अभिनेत्रीका रूपमा बिग बी अमिताभ बच्चनले समेत पत्याएका छन्। परिणतिको अभिनयलाई प्रभावित बनाएको प्रतिक्रिया अमिताभले केही समयअघि मात्रै दिएक थिए। बलिउडमा शाहरुख जस्ता स्टारको साथमा काम गर्ने अवसर पाउनु परिणतिका लागि खुसी र चर्चा बटुल्ने अवसरसमेत भएको समाचारमा उल्लेख छ।

Copyright © 2012 - 2026 | All Right Reserved.