एक्सन पूर्ण ‘लप्पन छप्पन २’ टिजर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । मुकुन्द भट्टले निर्देशन गरेको चलचित्र बैशाख १२ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सनको बाहुल्यता छ । कलाकारको भिन्न अवतार, जबर्जस्त एक्सन दृश्य, ठुलो क्यानभास टिजरमा देख्न सकिन्छ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, आना ढकाल,अनिल खनाल, राजेन्द्र विष्ट लगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् । चलचित्रको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट(एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

चलचित्रमा किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । चलचित्र निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

चलचित्रका सह-निर्मातामा रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् । यस्तै अस्ट्रेलियाको लागि सबिन ज्ञवाली र नेपालको लागि समिर खरेल लाइन प्रोड्युसरमा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.