बन्ने भो ‘पर्खि बसें २’


सेलिब्रेटी नेपाल

काठमाडौँ: गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित सफल चलचित्र ‘पर्खि बसें’ को नयाँ सिरिज दर्शक माँझ आउने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसंगको सहकार्यमा’पर्खि बसें २’ निर्माण गर्ने भएको छ । गोपीकृष्ण मुभिजको तर्फ बाट निकिता पौडेल र हिमालयनमुभी स्टुडियोको तर्फ बाट बिनोद सापकोटा बीच विहिबार समहमतीभएको हो । चलचित्रमा निकिता र बिनोद निर्माता रहनेछन् भने प्रदीपदाहाल र तिर्थ प्रसादपौडेल सह निर्माताको रुपमा रहनेछन् । २०६४ को चैत्र अन्तिममा प्रदर्शनमाआएको चलचित्र ’पर्खि बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिएभने यसको दोस्रो सिरिजलाई ’लभ डायरिज’निर्देशक सौभर चौधरीले निर्देशन गर्ने भएका छन् । चलचित्रमा कथा पनि उनकै रहनेछ ।

पहिलो सिरिज झैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने सौरभले बताए । चलचित्रलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ । चलचित्रमा रहने कलाकार र प्राविधिकऔपचारिक कार्यक्रमको आयोजनागर्दै सार्वजनिकगर्ने तयारीमा टिम रहेको छ । यसको पहिलो सिरिजमा राजबल्लभकोइराला , युनाउप्रेती, निखिल उप्रेती लगायतको अभिनय रहेको थियो । उक्त समयमा यसको गीत संगीतलाइ दर्शकले रुचाएका थिए भने पछि चलचित्रपनि सुपरहिट भएको थियो । गोपीकृष्ण मुभिजले निर्माण गर्ने भनिएको ’माइकलअधिकारी’आउँदो माघबाट फ्लोरमा जादैछ । त्यसपछि यो टिमको ’पर्खि बसें २’ फ्लोरमा जाने सेड्युल रहेको छ । यसको रिलिज २०७७ सालमाहुनेछ । ’पर्खि बसें’ रिलिजभएको १३ वर्षपछि यसको दोस्रो रिलिजदर्शक माँझ आउँनलागेको हो ।