‘म यस्तो गीत गाउँछु २’को ‘स्याड भर्सन ‘दुःखको काँडा’ सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को दोश्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक गरिएको छ । यो गीतले प्रेमीले प्रेमिकाप्रति देखाएको मायाको भावलाई देखाएको छ । अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा सनिष श्रेष्ठले स्वर दिएका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् । चलचित्रको गीतको भिडियोमा मुख्य कलाकारद्धय पल शाह र पूजा शर्मालाई फिचरिङ गरिएको छ ।

निर्माताद्धय सुदर्शन थापा र पूजा शर्माले भिडियो निर्माणमा कुनै कञ्जुस्याँई गरेका छैनन् । चलचित्रका निर्देशक सुदर्शन थापा हुन् । फागुन २३ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा जन्म जय र साम्पाङ राई सह–निर्माताको रुपमा छन् । चलचित्रमा पल र पुजाको साथमा हरिहर शर्मा,दिनेश डिसी,राजा राजेन्द्र पोखरेल,गणेश गिरीको पनि मुख्य भूमिका रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.