हरिले जन्म दिनमा गरे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक तथाा गीतकार हरि विष्टले आफ्नो जन्मदिनको अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ५१ हजार एक सय ११ रूपैयाँ र सुर्खेत उद्योग वाणिज्य संघको व्यावसायिक राहत अक्षय कोषलाई ५१ हजार एक सय ११ रूपैयाँ सहयोग गरेका छन् । उनले जन्मदिनको उपलक्ष्यमा सामाजिक कार्यका लागि जम्मा एक लाख दुई हजार दुई सय बाईस रुपैयाँ सहयोग घोषणा गरेका हुन् ।

‘मलाई आजकै दिन यो धर्तिमा पाईला टेकाउने मेरा भगवानरूपि आमा सेतु बिष्ट र बुवा धनबहादुर बिष्टको पाउमा सिर टेकाउँदै यो रकम सहयोग गर्न चाहन्छु,’ उनले भनेका छन् । नेपाली कला क्षेत्रमा सक्रिय रहेका हरि कलाकारका साथै खेलाडी हुन् । हरिका धेरै गीत स्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.