‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। आफूलाई ‘सेल्फी किङ’ सम्झने एक चर्चित टेलिभजन हाँस्य कलाकारले कला यात्राको दौरानमा आफूले पाएको सफलता र ब्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथामा निर्माण गरिएको चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका हुन्।

निर्देशक सापकोटाका अनुसार चर्चामा आएको एक टेलिभिजन कमेडियनको तीन दिनको कथा नै चलचित्रको मुख्य कथा हो। गतवर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रुपमा ‘सेल्फी किङ’ निर्माण गरेका हुन्। यसमा सह निर्माता राजेश बिसुराल र प्रवलकोइराला रहेका छन् । चलचित्रमा विपिनले लक्ष्मी वर्देवासंग जोडी बाँधेका छन्। साथमा अभय बराल, लोकमणी सापकोटा, भुवन चन्द, सविन बाँस्तोला, जीवन भट्टराई,राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा विपिनले आफ्नो वास्तविक जीवनसँग चलचित्रको कथा केही हदसम्म मेल खाने बताए। चलचित्रमा अभिनेत्री केकी अधिकारीले बिशेष भुमिका निर्वाह गरेकी छिन्। चलचित्रमा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ। चलचित्र ‘सेल्फी किङ’ आउँदो माघ २४ गतेदेखि प्रदर्शनमा आउनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.