सादिक र्याम्प मोडल हुँदै चलचित्रमा डेब्यु गर्ने सोचमा


सेलिब्रेटी नेपाल

काठमाडौँ:नेपाली चलचित्र तथा मोडलिङमा लाग्न चाहने युवाहरुको संख्या बढ्दो छ। केहि बर्ष पहिले नेपाली चलचित्र क्षेत्र भनेर नाक खुम्च्याउने व्यक्तिहरु अहिले आयर यो क्षेत्र प्रति सकारात्मक बन्दै गइ रहेका छन् । अहिलेका युवा युवतीको नेपाली कला क्षेत्रमा काम गरेर आफ्नो भबिस्य बनाउने सोचका साथ लाग्न चाहनेहरुको संख्या बढी रहेको छ । यसै क्रममा मैतीदेवी निवासी सादिक इब्राहिम र्याम्प मोडल हुँदै नेपाली चलचित्रमा प्रवेश गर्ने सोचमा छन् । उनले मोडलिङ कन्टेस्टमा पनि सहभागिता जनाई रहेका छन् । आफुमा अझै निखार ल्याउने र नेपाली चलचित्रमा डेब्यु गर्ने उनको सोच रहेको छ ।