पार्कर खेलाडी दिनेशले राखे चाैथाे विश्व रेकर्ड


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली पार्कर खेलाडी दिनेशले चाैथाे पटक विश्व रेकर्ड बनाउन सफल भएका छन् ।ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि. को सहकार्यमा भिजिट नेपाल २०२० लाई लक्षित गरी पार्कर खेलको अर्को छुट्टै विधा “The most backwards somersaults on trampoline in one hours” मा एक घन्टाको समयमा ४६० पटक ब्याक फ्लिप्स गर्दै चौथोपटक वर्ल्ड रेकर्डराख्न गर्न सफल भएको दिनेशले जानकारी दिए ।

भिजिट नेपाल २०२० लाई लक्षित गरी सुनारले अमेरिकामा ‘द मस्ट ब्याकवार्डस समसल्टस् अगेन्स्ट अन ट्रयाम्पोलाइन इन वन आवरर्स’मा ४ सय ६० पटक ब्याकफिल्प्स् (भित्तामा उल्टिजम्प) गरी नयाँ किर्तिमानको तयारी गरेका हुन् । उनले सामाजिक संजाल मार्फत जानकारी दिदै लेखेका छन्’आशा गरौँ यो रेकर्ड चाडैं सर्टिफाईड भएर आउनेछ। पार्कर खेल मार्फत नेपाललाई विश्वसामु चिनाउने थप प्रयत्नको खातिर विश्वभरको आकर्षण को केन्द्र मानिने अमेरिकी मुलुकमा आएर विश्व कीर्तिमान राख्नको लागि सहयोग गर्नुहुने अमेरिकामा रहनुभएका सहयोगी महानुभावहरु र कार्यक्रम आयोजक ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि. प्रती हृदय देखि नै आभारी छु।”

अमेरिकामाको भर्जिनिया राज्यमा आयोजित सो रेकर्ड सम्बन्धि कार्यक्रममा दिनेश ले एक घन्टामा ४६० पटक ब्य्याक फ्लिप हान्न सफल भयेका थिए। गिनिज बुक ले सो विधाको लागी २०० ब्य्याक फ्लिप कायम गरेकोमा दिनेश ले सो मापदन्ड भन्दा बढी २६० पटक ब्य्याक फ्लिपहासिल गर्न सफल भएका थिए । सो कार्यक्रम हेर्न अमेरिकाको भर्जिनिया, मेरिल्यान्ड र वासिगटन डिसी राज्य बाट कैयौ नेपाली र अमेरिकि खेल प्रेमी महानुभाब हरु को उल्लेख्य सहभागिता थियो । साथै यो किर्तिमानको प्रमाणपत्र आउनलाई साता दिन लाग्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.