अशोक प्यासी राईद्धारा संस्थानमा पदभार ग्रहण


सेलिब्रेटी नेपाल

काठमाडौँ:लामो समय चलचित्र पत्रकारितामा सक्रिय रहदै आएका अशोक कुमार प्यासी राई नेपाल सरकारको मन्त्री परिषद्बाबाट साँस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्तभएका छन् ।उनले सोमवार आफ्नो पदभार सम्हालेका छन् । राष्ट्रिय नाचघरमा रहेको महाप्रबन्धकको कार्यकक्षमाउनले आफ्नो पदभार सम्हालेका हुन् ।

संस्थानका कर्मचारीहरुले उनको स्वागत गर्दै संस्थानको वारेमा संक्षिप्तजानकारी समेत गराएका छन् । ताप्लेजुङमा जन्मेर राई काठमाडौंमा कर्म गरिरहेका छन् । झण्डै दुई दशकदेखि नेपालीकला, संस्कृति र रंगमञ्चको संरक्षण, प्रवद्र्धन र प्रचार प्रसारमा लाग्दै आएका राई लाई नेपाल सरकार संस्कृति, पर्यटन तथानागरिक उड्ययनमन्त्रालयको सिफरिसमा नियुक्तगरेको हो ।

श्रावणदेखी रिक्तहुर्दै आईरहेको साँस्कृतिक संस्थानको महाप्रबन्धकमाउनलाई नेपाल सरकारको मन्त्री परिषद्ले चार बर्षको लागि गतविहीवार नियुक्त गरेको हो । उनको आगमन पछि साँस्कृतिक संस्थानको मुहार फेरिने सबैले विश्वास लिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.