गायक पोखरेल ‘ग्लोबल इन्टरनेशनल अवार्ड’ बाट सम्मानित


सेलिब्रेटी नेपाल

काठमाडौं: वरिष्ठ गायक सिताराम पोखरेल ‘ग्लोवल इन्टरनेशनल अवार्ड २०१९’बाट सम्मानित भएका छन् । वर्ल्ड वाइड मिडिया इन्टरनेशनलद्वारा हालै थाइल्याण्डमा आयोजित एक अवार्ड कार्यक्रममा उनलाई सो सम्मान गरिएको हो ।

कार्यक्रममा थाइल्याण्डमा प्रसिद्ध प्रर्यटन व्यवसायी एनोथाई थोङ्गथानोम, आयोजक संस्थााका सभापति आरके श्रेष्ठ लगायतले पोखरेललाई खादा तथा सम्मान पत्रद्धारा सम्मानित गरेका थिए । नेपाली गीत संगीतलाई राष्ट्रिय तथा अन्तारष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेखनीय योगदान पुर्याएकोमा पोखरेललाई सम्मान गरिएको हो ।विगत ३ दशकदेखि गायनमा सक्रिय पोखरेलका दजनौं गीत संगीतले सांगीतिक क्षेत्रमा चर्चामा छन् ।