भिजिलान्ते प्रिमियर चलचित्रकर्मी तथा संचारकर्मीको राम्रो प्रतिक्रिया



(सेलिब्रेटी नेपाल) २१ चैत्र-आउदो शुक्रबार अर्थात् चैत्र २३ देखि रिलिज हुन लागेको चलचित्र भिजिलान्तेको प्रिमियर शो गरियको छ । यो चलचित्रलाई कालो चश्मा लगाएर चलचित्रकर्मी तथा संचार कर्मीहरुले हेरे । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यो थ्री डी चलचित्र लाई दर्शकले कति मन पराउने हुन् त्यो त रिलिज पछि थाहा हुनेछ तर चलचित्र कर्मी तथा संचार कर्मीले चलचित्र हेरेर राम्रो प्रतिक्रिया दियका छन् ।मंगलबार के एल टावरमा चलचित्र हेर्ने सबै व्यक्तिले निर्माण युनिटको तारिफ गरे ।
सुवास थापा, प्रियंका कार्की, राज घिमिरे, मेनुका प्रधान, ए गुरुङ, दीपशिखा शाही र शंकर आचार्य चलचित्रका मुख्य कलाकार हुन् । समाजमा विद्यमान कुरीति र दण्डहीनताको विषयलाई मनोवैज्ञानिक रूपमा पस्किईएको यो चलचित्रलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् भने लेखन शान बस्यानतको हो । चलचित्र सम्पादन दीर्घ खड्काले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.