अनुपबिक्रमको ‘कमाण्डर’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: एक्शन लभस्टोरी चलचित्र ‘कमाण्डर’ को प्रदर्शन मितिसँगै ट्रेलर सार्वजनीक गरिएको छ । एलआर विबेक सापकोटाको निर्देशनमा निर्माण भएको चलचित्र माघ १० गते प्रदर्शन हुनेछ । चलचित्रमा अनुपबिक्रम शाही, रबिन तामाङ,ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,साधना सिलवाल,दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् । सुपेरियर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथा,पटकथा, सम्वाद पनि निर्देशक एलआरकै हो । निर्देशक एलआर नै निर्माता रहेको चलचित्रको सहनिर्मातामा सावनजंग राना छन् ।

‘कमाण्डर’ भ्रष्टाचार,तस्करी,लागूऔषध कारोबार,चेलीबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको निर्देशक एलआर बताउछन् । फिल्ममा इमान्दार प्रहरी अधिकृतको देशप्रेमलाई समेत प्रस्तुत गरिएको बताइन्छ । दिब्यराज सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ आरआर फिल्मस्ले वितरण गर्ने ‘कमाण्डर’ मा मनोरञ्जनका साथै समाजोपयोगी सन्देशसमेत प्रस्तुत गरिएको बताइन्छ ।