बिराजको ‘साङ्लो’ अफिसियल ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा अभिनेता भट्टको एक्सन अवतारलाई फोकस गरिएको छ । वर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्रको ट्रेलरले दर्शकमाझ कौतुहलता जगाउने विश्वास निर्माण टिमलाई छ । पुर्व मिस नेपाल निकिता चाण्डक बिराजको अपोजिटमा देखिएकी छिन् ।

बिराज भट्ट स्वंयको निर्माण तथा निर्देशन रहेको चलचित्रले किड्नी तस्कीरको कथा उठान गरेको छ । आगामी माघ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई विराजको सुखद कमव्याकको रुपमा समेत हेरिएको छ । एक्सन, लभस्टोरी चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

बिराज भट्ट प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई शिवम अधिकारीले पटकथा तथा संवादमा ढालेका हुन् । बिराज स्वंयमको कथा रहेको चलचित्रलाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्धन्द्व निर्देशन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रमा तेज बहादुर खड्का निर्माताको रुपमा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.