बर्बादलाई बोर्डको कडा निगरानी,चैत्र २३ गते बाट बर्बाद नहुने भो



(सेलिब्रेटी नेपाल)२० चैत्र- जिया के सी अभिनित चलचित्र ‘एटीएम’ मा समावेश विभिन्न दृश्यले खुबै चर्चा पायो । त्यहि चर्चा संगै जिया के सी पनि चर्चित बनिन अन्तत सेन्सर बोर्डले भनेका दृश्य नहटाई प्रदर्शनमा ल्याउदा ‘एटीएम’ को प्रदर्शनमा नै प्रतिबन्ध लागेको थियो । अहिले जिया अभिनित अर्को चलचित्र पनि यस्तै चपेटामा परेको छ । जीके शर्माको निर्माणमा तयार भएको चलचित्र ‘बर्बाद’ लाई पनि सेन्सर बोर्डले कडा निगरानीमा राखेपछि यसको निर्धारित प्रदर्शन मिति स्थगित भएको छ । निर्माता जीके शर्माले सेन्सर पास नभएपछि सिनेमाको प्रदर्शन मिति तत्कालका लागि स्थगित गरिएको बताएका छन् ।

चलचित्रमा समावेश उत्तेजक दृश्यहरुलाई २ तरिकाले खिचिएको निर्माता जीके शर्माले बताएका थिय । उनले भने, ‘चलचित्रका केही उत्तेजक दृश्यकालाई २ तरिकाले खिचिएको छ, सेन्सरले निक्कै हट दृश्य राख्न मानेन भने सामान्य दृश्य समावेश गर्ने तयारी गरेका छौ ।’नायिका जिया केसीसँग २ नायकले हट बेडसिनको दृश्य दिएका छन् ।चलचित्रमा करिब २ मिनेट लामा ६ वटा उत्तेजक दृश्य रहेको बताइएको छ । सेन्सर बोर्डले विवादस्पद चलचित्र ‘एटीएम’ भन्दा पनि उत्तेजक दृश्य भएको भन्दै ‘बर्बाद’ माथी कडा निगरानी राखेको छ ।
चलचित्रमा नायिका जिया केसीले उत्तेजक दृश्य दिएकी छिन् । जियाले आफ्नो सिनेमामाथी सेन्सरले सधै निगरानी गरेकोमा अचम्म मानिन् । रिम विश्वकर्माको निर्देशनमा तयार भएको यो चलचित्र चैत्र २३ गतेबाट प्रदर्शनमा आउने बताइएको थियो ।