‘लप्पन छप्पन २’ बाट आनाको डेब्यु


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिगत ३ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन्। उनि कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् । चितवनमा जन्मिएकि ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । अस्ट्रेलियामा हुने बिबिध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम संचालन गरि सकेकी छन् ।

नेपाली चलचित्रमा खेल्ने उनको सानै देखिको रुचि थियो र अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउने उदेश्यका साथ अघि बढी रहेकी छिन्। चलचित्र ‘लप्पन छप्पन २’ मा अर्पण थापाको अपोजिटमा देखिन लागेकी ढकाल अन्य चलचित्रमा निरन्तर काम गर्ने बताउ छिन् । विदेशमा बसेर पनि नेपाली चलचित्रलाइ माया गर्ने उनि नेपाली कला र संस्कृतिलाई बिश्व सामु चिनाउने प्रयासमा लागि रहेकी छिन् । उनलाइ नयाँ चलचित्रबाट अफर आइ रहेको छ। छिट्टै उनि अर्को चलचित्रमा पनि लिड रोलमा देखिने भएकी छिन् ।