‘परदेशी २’मा प्रकाश सपूत अभिनेता बन्दै


सेलिब्रेटी नेपाल

काठमाडौं: ‘बोल माया’ र ‘गलबन्दी’ बोलको गीतबाट चर्चामा आएका गायक प्रकाश सपूतले चलचित्रमा काम गर्ने भएका छन्। नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी’को सिक्वेल ‘परदेशी २’बाट प्रकाशलेअभिनेताको रुपमा डेब्यू गर्ने भएका हुन् । निर्देशक रायमाझीले चलचित्रको कथा अनुसार प्रकाशलाइ सुहाउने भएकोले चलचित्रमा अनुबन्ध गरिएको बताए ।

रायमाझीका अनुसार अहिले कथाको काम सकेर कलाकारहरु अनुबन्ध गर्ने काम भईरहेको छ। फिल्ममा प्रकाशका भाई देवेन्द्र बब्लुको पनि अभिनय रहनेछ। उनीसँग पनि केही दिनअघि कागजी सम्झौता भईसकेको छ। रोजगारीको शिलशिलामा परदेश गएका युवाहरुको कथा निर्माण हुने चलचित्रको छायांकन फागुनबाट सुरु हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.