‘पर्खि बसे फर्की आउछु’ को रोमान्टिक गीतमा देव र रुबिना फिचर्ड


सेलिब्रेटी नेपाल

काठमाडौँ:दाङ जिल्लाको तुलसीपुरमा शुभ मुहर्त गरेर छायाँकन आरम्भ गरेको चलचित्र ‘पर्खि बसे फर्की आउछु’ मा समाबेश रोमान्टिक गीतको छायाँकन सम्पन्न भएको छ । राज बहादुर सानेको निर्देशनमा बनि रहेको चलचित्रको’यो मन कति जाती भाको तिमी भएर होला’ बोलको गीतमा संगीत बाबुल गिरीको रहेको छ। राजन महर्जनले कोरियोग्राफी गरेको गीतमा नायक देव सागर फिचर्ड छन् ।

रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेम राज बिक कार्यकारी निर्माता रहेका छन् । यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा निर्माण हुन लागेको हो। चलचित्रमा प्रेम परियार,समिक्षा बस्नेत र देव सागरको साथमा रुबिना लामा, पदम तामाङ,सुशील गौतम,सुशील पोखरेल,दिपक थापा,शुभम गौतम,डा.लोकराज पराजुली,हेमराज बिसी लगाएतका कलाकारको मुख्य भूमिका रहनेछ।

एउटी अपांग केटिको टिन एजमा हुने रहर र जीवन संघर्षको कथा चलचित्रले बोल्ने लेखक तथा निर्देशक राज बहादुर सानेले बताए। चलचित्रमा कविराज गहतराज,रामजी लामिछाने,राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ। चलचित्रमा बसन्त सापकोटा,एलिस कार्की,कृष्ण भारद्वाज र कर्साङ्ग लामा,बाबुल गिरिको संगीत रहनेछ । चलचित्रलाई अरुण सुनारले छायांकन गर्नेछन् । चलचित्रमा सानु कुमार महर्जनको द्वन्द रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.