सम्झनामा स्व. केशव दिपक र आनन्द, पूर्वमा शोक सभा


सेलिब्रेटी नेपाल

ईटहरी: तिन बरिष्ठ कलाकारलाई नेपाली चलचित्र क्षेत्र तथा सम्पूर्ण नेपालीले गुमाउनु परेको यथार्थ हामि माझ छ । नेपाली कला क्षेत्रमा लामो समयदेखि निरन्तरता दिईरहेका बरिष्ठ अभिनेता, निर्माता तथा चलचित्र बिकाश बोर्डका कार्यकारी अध्यक्ष केशब भट्टराई, बरिष्ठ कलाकार दीपक क्षेत्री र आनन्द थापालाइ एकै समयमा गुमाउनु परेको पिडा अझै पनि आलै छ ।

सो दुखद घडीमा नेपाली चलचित्र क्षेत्रले गुमाउनु परेको दिग्गज व्यक्तित्वलाइ आज १३ औ दिनको सोकाकुल घडीमा सुनसरीको इटहरीमा श्रद्दान्जली शोक सभा आयोजना गरिएको छ । जसमा ईटहरी तथा पुर्वमा रहेर चलचित्र क्षेत्रमा संघर्ष गरिरहेका कलाकारहरु संगीत क्षेत्रका हस्तीहरु सगभागी भएका थिए भने स्वर्गीय कलाकारको आत्माको चिर शान्तिको कामना गरे ।

चलचित्र कलाकार संघ प्रदेश १ का अध्यक्ष तथा निर्देशक समाजका सचिव अरुण प्रधानले आफुसंग पछिल्लो समय भट्टराई संगको पछिल्लो भेटलाई सम्झिए ।