सम्झनामा स्व. केशव, दिपक र आनन्द


सेलिब्रेटी नेपाल

काठमाडौँ: तिन जना बरिष्ठ कलाकार दिपक क्षेत्री,केशब भट्टराई र आनन्द थापालाइ नेपाली कला क्षेत्र तथा सम्पूर्ण नेपालीले गुमाउनु परेको यथार्थ हामी माझ छ । नेपाली कला क्षेत्रमा लामो समयदेखि निरन्तरता दिईरहेका बरिष्ठ अभिनेता, निर्माता तथा चलचित्र बिकाश बोर्डका कार्यकारी अध्यक्ष केशब भट्टराई र नेपाली चलचित्र क्षेत्र कै बरिष्ठ कलाकार दीपक क्षेत्री र आनन्द थापा ३ जना कलाकार एकै समयमा गुमाउनु परेको पिडा अझै पनि आलै छ ।

सो दुखद घडीमा नेपाली चलचित्र क्षेत्रले गुमाउनु परेको दिग्गज व्यक्तित्वलाइ आज १३ औ दिनको शोकाकुल घडीमा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाको संयुक्त पहलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । चलचित्र विकास बोर्डमा तीन जनाको लागि भनेर राखिएको श्रद्धान्जली सभामा पूराना सर्जक शुक गुरुङलाई पनि श्रद्धाञ्जली दिइएको थियो । केही दिन अगाडिमात्रै शुक पनि यस संसारबाट विदा भएका थिए ।

चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र प्रविधिक संघ अध्यक्ष पुस्कर लामा, चलचित्र नृत्य निर्देशक संघका अध्यक्ष राजु शाहलगायतले भट्टराई, क्षेत्री र थापालाई सम्झिए ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्षमा शम्भुजित वास्कोटा, कृष्ण मल्ल, राजकुमार राई लगायतले पनि श्रद्धाञ्जलीसभामा श्रद्धाञ्जली व्यक्त गरे । यस्तै श्रद्धाञ्जलीसभामा निर्देशक तुलसी घिमिरे,बरिस्ट कलाकार बसुन्धरा भुषाल लगायत थुप्रै चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.