सन्तोष भए नयाँ मिस्टर नेपाल


सेलिब्रेटी नेपाल

काठमाडौं: सन्तोष उपाध्याय नयाँ मिस्टर नेपाल बनेका छन् । बिहिबार राती होटल अन्नपूर्णमा सम्पन्न ‘मिष्टर नेपाल २०१९’को ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । मोष्टट्यालेन्ट र मोष्टफोटोजेनिकको उपाधि समेत जितेका बिजेता उपाध्यायले शिर्ष उपाधिको साथमा मोटरबाइक, नगद २५ हजारको साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । अछाम ओली गाउँका सन्तोष स्वस्थ्य पेसामा कार्यरत रहेका छन् ।

एक्सपोज नेपालको आयोजना रहेको र शिवानी एयर मुख्य प्रायोजक रहेका प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिदा प्रिन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप घोषित भए । बरिष्ठ कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिल्वाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी निर्णायक मण्डलीले नयाँ मिस्टर नेपाल छनोट गरेको हो ।
विजेतालाई आयोजक एक्सपोज नेपालकी सीईओ अर्चना थापा, निर्देशकहरु रवीन्द्र श्रेष्ठ, प्रकाश पुन, सुशिल पाण्डे लगायतले बिजेतालाई पुरस्कार प्रदान गरेका थिए । शिर्ष विजेताले ‘मिस्टर वल्र्ड’लगायत बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने छन् ।

काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका देशका प्रमुख शहरको अडिसनबाट छानिएका २२ प्रतियोगी स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङ, मेकअप, ड्रेसवेयर लगायत बिभिन्न बिषयको प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिएको प्रतियोगीतामा सप टाइटल बेष्टट्रेडिसनल वेयर अरुण कुमार डंगोल, मिष्टर स्पोर्टस् लोकेस राज श्रेष्ठ, मिष्टर कन्जिइनेटली बिजय लामा, बेष्ट मोडल राहुल सिंह राजुत, मिष्टर मल्टिमिडिया हिट शंकर कुलङ, मिष्टर फिटनेश बिमल पाण्डे, मिष्टर डिजीपेय पपुलर अबिनाच चौधरीले प्राप्त गरे । १७ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागीता रहने प्रतियोगिता युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्यले नियमित आयोजना हुँदै आएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.