रामकृष्ण ढकाल दम्पतीको सम्बन्ध बिच्छेद


सेलिब्रेटी नेपाल

काठमाडौं:चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ। जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच बुधवार सम्बन्ध विच्छेद भएको हो। जिल्ला अदालतले बुधवार दुवैको सम्बन्धविच्छेद भएको फैसला सुनाएको हो ।

आधुनिक नेपाली संगीत क्षेत्रका उज्ज्वल नक्षत्र ढकालले मंसिर १४, २०५९ मा नीलम शाहसँग बिवाह गरेका थिए। उनीहरुबीच प्रेम विवाह भएको थियो।

श्रीमतीले दुवैको सहमतिमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन्। श्रीमतीले ढकालसँग अंश नलिने तथा छोरी आमासँगै रहने सहमति सहित उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन्। बेलाबेलामा गायक ढकालले आफ्नी छोरीसँग भने भेट्न पाउने सहमति सम्बन्ध विच्छेदमा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.