‘चपली हाइट ३’ सुटिंग प्याकअप,प्रेम गीत ३ संग भिड्ने


सेलिब्रेटी नेपाल

चलचित्र ‘चपली हाइट ३’को छायांकन सकिएको छ । राजधानी आसपासका क्षेत्रमा छायाँकन गरिएको चलचित्रको ३२ दिनमा सुटिंग प्याकअप गरिएको हो । सस्पेन्स थ्रिलर चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन्। निकेश खड्काको निर्देशनमा बनेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

अर्जुन कुमार फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित चलचित्र नयाँ वर्षको अवसरमा चैत २८ बाट सार्बजनिक प्रदर्शनमा आउने छ । चैत २८ मा अर्को चलचित्र ‘प्रेम गीत ३’ पनि प्रदर्शनमा आउने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.