हस्पिटालिटी नेपाल कन्टेस्टको चौंथो सँस्करण आवेदन खुल्ला


सेलिब्रेटी नेपाल

काठमाडौँ: हस्पिटालिटी नेपाल कन्टेस्टको चौथो सँस्करण हुने भएको छ । आयोजक संस्था एपी इन्टरटेनमेन्टले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि चौथो सँस्करणको कन्टेस्टको बारेमा जानकारी दिएको हो । प्रतियोगीलाई लक्षित गर्दै आयोजक संस्थाले शनिबारबाटै चौथा सँस्करणको हस्पिटालिटी नेपाल कन्टेस्टको आवेदन समेत खुलाएको छ ।

देशभरबाट हस्पिटालिटी क्षेत्रसँग आबद्ध युवायुवतीले आवेदन भर्न सक्ने आयोजकले बताएको छ । ‘हामीले तिनवटा सँस्करणलाई उत्कृष्ट ढंगबाट सम्पन्न गरिसकेका छौँ । र, यो सँस्करण अझै बढि परिस्कृत हुने हामी दाबी गर्दछौँ ।’ एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने–‘प्रतियोगीहरुका लागि यो पटक अझै बढि अवसरहरु हामीले सृजना गरेका छौँ ।’

यसवर्षको कन्टेस्ट भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने गरी गर्न लागिएको कन्टेस्टका कार्यक्रम सँयोजक संगम रेग्मीले बताए। पोखराबाहेक काठमाण्डौ, बुटवल र चितवनमा पनि आयोजकले ‘कलेज क्याम्पेन’ गरेर प्रतियोगीहरु ल्याउने तयारी गरेको छ ।

विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट ३० जना प्रतियोगीहरु छनौट गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा हस्पिटालिटी क्षेत्रका विज्ञहरुले सहभागीलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षण हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित हुनेछ । प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । त्योसँगै नगद पुरस्कार र अन्य विभिन्न अवसरहरु आयोजकको तर्फबाट पाउने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

यसैगरि कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले भ्रमण २०२० लक्षित आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्के्टिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु दिईने आयोजकले बताएको छ । त्यस्तै आयोजकले प्रतियोगीहरुलाई पर्यटनसम्बन्धि थप जानकारी दिनका लागि पर्यटकीय गन्तब्यहरुको भ्रमण पनि गराउने बताएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.